संघीय नेपालको प्रहरी संरचना

संघीय नेपालको प्रहरी संरचना

नेपाली जनतामाझ नेपालको अब आउने नयाँ संविधानको प्राम्भिक मस्यौदा पुगिसकेको छ| संविधानको प्राम्भिक मस्यौदामा  आम नागरिक ले झैँ सुरक्षा निकाय हरुले पनि सुझाव दिएका छन्| संविधान मस्यौदाको भाग ३० मा रहेको राष्ट्रिय सुरक्षा व्यवस्था अन्तर्गत मस्यौदाको धारा २६३ मा  संघीय राज्य नेपालमा प्रत्येक प्रदेशमा छुट्टै प्रहरीसँगठन हुनेछ भनिएको छ| प्रदेशको कानुन अनुसार प्रहरीको परिचालन र व्यबस्थापन हुने उल्लेख छ| नेपाल प्रहरी मात्र होइन अर्ध सैनिक बल- सशस्त्र प्रहरी र राष्ट्रिय गुप्तचर तथा अनुसन्धान गर्ने निकायहरु प्रदेशको कानुन बमोजिम व्यवस्था हुनेछन्|

संविधानको प्रस्तावित मस्यौदा आए सँगै अब प्रहरीको केन्द्रीय कार्यालय र प्रादेशीक प्रहरी कार्यालयबीचको कार्यक्षेत्र, परिचालन, सरुवा- बढुवा र केन्द्रिय प्रहरीले खेल्नु पर्ने भूमिका र कुनै घटना प्रदेशले अनुसन्धान गर्न नसकेको वा अनुसन्धान गर्ने क्षमता भन्दा बाहिर गएमा केन्द्रबाट कस्तो खालको सहयोग हुनुपर्छ भन्नेमा संविधानमा प्रष्ट उल्लेख हुनुपर्ने छ | संविधान बनाउने सम्बन्धित हरुले यस्तो नागरिक सुरक्षासँग र कानुनसँग प्रत्येक्ष जोडिएको कुरालाई खासै चासो राखेको देखिएको छैन| बेलैमा विचार नगरे यसको असर गम्भीर रुपमा भोलिको दिनमा देखा पर्ने छ|   Continue reading

लिभरपुलमा दुखेको नेपाली मन

Narayan/Setopati

भूगोल को सिमाना मानव जातिले कोरे पनि मानवियताको भने सिमाना देखिएन। नेपालमा धर्ती काम्दा भूगोलको अर्कै कुनामा बसेको मानव जातिको मुटु दुख्यो। लाखौंलाख विदेशीहरुले नेपालमा राहत पठाउन सुरु गरे। विभिन्न राष्ट्रमा सरकाले नै नेपाल मा सहयोग गर्न आफ्ना देशका नागरिकलाई आव्हान गरे भने कति देशमा नागरिकहरुले आफैं नेपालमा राहत पठाउन कम्मर कसेर लागि परे । बेलायतको एउटा शहर हो लिभरपुलका बासिन्दा पनि चुप रहन सकेनन्। त्यहाँ सानो संख्यामा नेपालीहरु बस्छन्। यहाँ व्यवसायी, प्रोफेसर, विद्यार्थीहरु र केही भूपू गोर्खाहरु बस्छन्। नेपालमा भूकम्प गएपछि लिभरपुलवासीहरु  एकाएक सहयोग गर्न अगाडी बढे। बेलायतमा अभिनेत्री जोहना लुम्लेले एकै दिनमा बेलायतबाट करौडौं रुपैया सङ्कलन गरिन्। त्यति मात्र होइन बेलायत सरकारले पनि सकेको मद्दत गरिराहेको छ। लिभरपुलवासीलाई त्यतिले चित्त बुझेन । उनीहरु अर्को छुट्टै लिभरपुल युनाईट फर नेपाल भन्ने सहयोग  अभियानमा लागिपरे । Continue reading

अन्तरदेशीय अपराधको जालोमा नेपाल – Narayan Adhikari

Transnational crime - Narayan Adhikari
पुस ५ गते थाइल्यान्डको बैंककस्थित एक विश्वविद्यालयमा भएको नेपाली विद्यार्थी अपहरणको घटना सेलाउन नपाउँदै पुसको २१ गते फेरि मनकामना घुम्न आउँदा भारतीय पर्यटक अपहरणमा परे। यी माथिका दुवै घटनामा अन्तरदेशीय अपराध हुन् र दुवै घटनामा नेपाल प्रहरीले सफलता हात पार्न सफल भयो।
सामान्यता अन्तरदेशीय अपराध भन्नाले सीमापार हुने अपराध हो। यो अपराध खासगरी कुनै पनि एउटा देशमा मात्र सिमित नभई अपराधीहरुले एक देशमा बसी अर्को देशमा अपराधिक संगठनको विस्तारै गर्दै घटना घटाउन सक्दछन। हालको दिनहरुमा अन्तरदेशीय अपराधले धेरै देशहरुलाई आक्रान्त पारेको छ। खासगरी मानव बेचबिखन, लागूपदार्थ ओसारपसार, अवैध हतियारको कारोबार, अपहरण र अवैध मुद्रा तस्करी हरु जस्ता अपराधहरु अन्तरदेशीय अपराध भित्र पर्दछन्।

Continue reading

नेपालमा बढ्दो सुरक्षा चुनौती

दोस्रो विश्वयुद्दपछि संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षामा मुलत: प्रमुख चार कुराहरु समाबेश गर्यो, जसमा इकोनोमिक पावर, कुटनीति, पावर प्रोजेक्शन र पोलिटिकल पावर पर्छन् । तर, दोस्रो विश्वयुद्द पहिला राष्ट्रिय सुरक्षा भन्नेबितिकै कुनै पनि देशको सैन्य क्षमता भन्ने गरिन्थ्यो । विकशित देशहरुले जतिसक्यो धेरै आफ्नो सैन्य क्षमतालाई विस्तार गर्दै अन्य राष्ट्रहरुमाथि युद्दको धावा गर्ने गर्दथे । हाल आयर विश्व सैन्य क्षमतामा मात्र निर्भर छैन, उसले आफ्नो गुप्तचरी संजाल र मुलत: इकोनोमिक पावर, कुटनीति, पावर प्रोजेक्शन, पोलिटिकल पावर एकै साथ चुस्त राख्दछ ।
Continue reading

राष्ट्रिय सुरक्षा परिषद् र नेपाली सेना

n1

नेपालमा बेला बखत नेपालको राष्ट्रिय सुरक्षा नीति र राष्ट्रिय सुरक्षा परिषद्को बारेमा अखबारहरुमा आक्कल झुक्कल लेखहरु र केही सीमित बुद्धिजीवीहरुबीच बहस हुने गरेको देखिन्छ । एउटा राष्ट्रिय सुरक्षा नीति समेत नभएको हाम्रो देशमा केही महिना  पहिले नेपाली सेनाले औपचारकि रुपमा नेपाल सरकारसँग राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी चासो राखेको खबर आयो । जुन कुराले, ढिलै भए पनि नेपाली सेनाले नेपाल सरकारको ध्यान राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी तानेको छ । नाम चलेका अखबारमा राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी केही लेख लेख्ने अनि देशको सुरक्षाको बारेमा धेरै टीकाटिपणी गर्ने बुद्धिजीवीहरु अखबारमा आफ्नो लेख आइसकेपछि कहाँ जान्छन् कोसँग बहस गर्छन् त्यो थाहा हुँदैन । त्यतिमा नै उनीहरुले आफ्नो देश प्रतिको दायित्व पूरा भएको ठान्छन् तर वर्षको एक चोटी भने लेख्ने गर्छन् नेपालको सुरक्षा कमजोर भो यस्तो हुनु भएन भनेर । अब यहाँनिर प्रश्न उठ्छ, के देशको सुरक्षा सेवा बर्दिधारी सेना र प्रहरीको मात्र हो त ? के हामी नागरकि पनि त्यो देशको बर्दी बिनाको सेना र प्रहरी होइन र ? Continue reading