लन्डनमा मनाइयो पृथ्वी जयन्ती – – नवीन पोखरेल, लन्डन (कान्तिपुर )

पुस २८, २०७२- लन्डनमा २९४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले पुस २७ कै दिन सोमबार लन्डनको नर्थहोल्टस्थित एक सभाहलमा कार्यक्रम गरेको हो ।

कार्यक्रमका वक्ताहरुले नेपाल विखण्डनको खतरातिर उन्मुख भएको दाबि गर्दै यस्तो परिस्थितिमा नेपाल एकिकरणका निर्माता पृथ्वी नारायण शाहको दिव्योपदेश झन् सान्दर्भिक हुने टिप्पणी गरे । कतिपय वक्ताले पृथ्वीनारायणलाई अहिले युद्ध अपराधीका रुपमा चित्रण गर्न खोजिएको भन्दै पृथ्वी जयन्ती सरकारले पुन: मनाउनुपर्नेमा जोड दिए ।

संगठनका अध्यक्ष भरत रोका क्षेत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओविइ) ले पृथ्वी नारायण शाह साम्राज्यवादी भइदिएको भए उनले नेपाल नभई गोर्खा राज्य नामाकरण गर्ने धारणा राखे ।

अर्का वक्ता नेप्लिज हार्ट फाउन्डेशन, बेलायतका अध्यक्ष एवं गोर्खा जिल्लावासी बुद्धिजिवी विकलचन्द्र आचार्यले पृथ्वीनारायण शाहको ऐतिहासिक योगदानको चर्चा गर्दै उनले भौगोलिक मात्र नगरि सांस्कृतिक एकीकरण समेत गरेको स्मरण गरे । 

लन्डनमा पृथ्वी जयन्ती मनाउने अभियान सुरु गर्ने मध्ये एक अभियन्ता नारायण अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा रमेश लामाले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा कोसेलीका संस्थापक अध्यक्ष मदन थापा र वसन्त राय क्षेत्रीले मंगल धुन प्रस्तुत गरेपछि राष्ट्र निर्माताको तस्बिरमा माल्यार्पण गरिएको थियो ।

त्यसपछि राष्ट्रिय गानसँगै सुरु कार्यक्रममा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, प्रवासी नेपाली समाज बेलायतका अध्यक्ष रोशन सापकोटा, यती नेपलिज एसोसिएसन यूके अध्यक्ष उमेशराज मोक्तान, क्षेत्री समाज यूकेका पूर्व अध्यक्ष भिम बानियाँ, नेपाली साहित्य विकास परिषद बेलायतका अध्यक्ष सुरेशजंग शाह, पूर्व प्रहरी परिवार मञ्च बेलायत अध्यक्ष वाचस्पति रेग्मी, नेपलिज ब्लड डोनर्स एसोसिएसन यूके अध्यक्ष एभरेष्ट गौतम, क्याप्टेन रणध्वज राना, बुद्धिजिवीहरु हेमन्त पौडेल, महेश रेग्मी, शंकर दाहाल लगायतले पनि पृथ्वी नारायण शाहको योगदानको चर्चा गरेका थिए । उक्त अवसरमा चेतमान केसी, सुरेशजंग शाह र हरिसिंह थापाले पृथ्वी जयन्ती सम्बन्धि कविता वाचन गरे ।

प्रकाशित: पुस २८, २०७२

http://bit.ly/1P5FtjI

Social Sharing
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>