गीतले जोड्दै नेपाल-बेलायत

काठमाडौ, पुस १७ – नवीन पोखरेल लन्डन

गहिरो छ मित्रता हाम्रो,

कहिले पनि नटुट्ने

सागरझैं गहिरो, सम्बन्ध छ हाम्रो

साइनो हो कि मितेरीको, अर्थ उस्तै छ

सम्बन्ध यो गहिरो छ, स्वार्थ एउटै छ

आँधीबेहरीले नछुने गहिरो सम्बन्ध

Major Jase and Major Hem Kumar 2GR

Major Jase and Major Hem Kumar 2GR

आवर बोन्ड इज डिप एन्ड

स्ट्रोंगर द्यान मी

आवर स्पि्रट जोइन याज

अल्वेज क्यान बी

डिप याज द सी थाउजेन्ड फिट

सम्बन्ध छ हाम्रो…

अंग्रेजी र नेपाली दुवै भाषाका शब्दहरू मिश्रति माथिका पंक्तिहरूले आपसी प्रेम र सम्बन्धको प्रगाढतालाई दर्साउँछन् । बेलायती सेनामा आवद्ध नेपाली र बेलायती मेजरले संयुक्त रूपमा गाएको उक्त गीतले यहाँ चाहिँ बेलायत-नेपाल सम्बन्धलाई थप बलियो बनाउन सघाइरहेको छ ।

खास गरी यो गीत बि्रगेड अफ गोर्खाज र बेलायती सेनाबीच सुमधुर सम्बन्ध दर्साउन लेखिएको हो । बेलायती सेनामा गोर्खाहरूको प्रवेशले बिहीबारदेखि (सन् २०१५) दुई सय वर्ष टेक्दै छ । यही उपलक्ष्यमा दी रोयल गोर्खा राइफल्स सेकेन्ड बटालियनका मेजरहरू हेमकुमार तामाङ र जेस बक्लीले मौलिक नेपाली संगीतमा पश्चिमा फ्लेभर भरेर ल्याएको यो गीत अहिले एकाएक हिट लिस्टमा छ ।

मेजरद्वय तामाङ र बक्लीको सैनिक यात्रा धेरै वर्षदेखि सँगसँगै छन् ।

२००९ र २०११ मा अफगानिस्तानको युद्धमोर्चामा पनि यी साथै रहे । यी दुई व्यक्तिबीचको आत्मीय सम्बन्ध युद्धभूमिमा मात्र गहिरो रहेन । उनीहरूले दुई सय वर्षयता बेलायती र समस्त गोर्खाहरूबीचकै प्रगाढ सम्बन्ध गीतमार्फत् उजागर गर्न खोजे ।

ब्रदरहुड ब्यान्डको ‘गोर्खाली साथी’ एल्बममा समावेश ६ गीतमध्ये ‘स्पि्रट इज स्ट्रोंगर’ गीतको भिडियो अहिले लोकपि्रयतातर्फ उन्मुख छ । बेलायतको बर्नमथका बक्लीले नेपाली शब्दहरू स्पष्ट गाएका छन् । उनलाई भिडियोमा पनि देख्न सकिन्छ । गोर्खालीहरूसँग बलियो सम्बन्ध राख्ने बक्ली नेपालसमेत पुगिसकेका छन् । उनी हाल ब्रिगेड अफ गोर्खाजको चिफ अफ स्टाफ भएर स्यान्डहस्र्टमा कार्यरत छन् ।

तामाङचाहिँ १९८८ मा बेलायत सेनामा भर्ती भएका हुन् । भोजपुरको रानीवास-८ घोडेटारका तामाङ अहिले साइप्रसमा छन् ।

गीतमा यी दुवैलाई तामाङकी १३ वर्षीया छोरी रिहाले पनि साथ दिएकी छन्, जो बेलायतमा अध्ययनरत छिन् । आइट्युनमा उपलब्ध गीति एल्बम ‘गोर्खाली साथी’ मा ‘स्पि्रट इज स्ट्रोंगर…’, ‘बाडुली चल्दा…’, ‘शिरमा खुकुरी…’, ‘यो जुनीमा…’, ‘गोर्खाली साथी…’ र ‘मेरो प्यारो घोडेटार…’ जस्ता गीत समावेश छन् । एल्बम बिक्रीबाट आएको पैसा बेलायत र नेपालस्थित भूतपूर्व गोर्खाहरूलाई सघाउने कल्याणकारी संस्था ‘दी गोर्खा वेलफेयर ट्रस्ट’ लाई दिने उनीहरूको योजना छ ।

दुवै मेजरसँग निकट रहेका बेलायतमा रहेका एक बुद्धिजीवी नारायण अधिकारी उक्त गीतले बेलायत, नेपाल र गोर्खाहरूबीचको सम्बन्ध झन् प्रगाढ बनाउने विश्वास व्यक्त गर्छन् । ‘सैनिकहरू राइफल बोकेर लडाइँ मात्र गर्दैनन्,’ उनले भने, ‘उनीहरूमा पनि भावना र सिर्जना हुन्छ भन्ने गीतले दर्साएको छ । त्यसमाथि यो वर्ष बि्रटिस-गोर्खा सहकार्यले दुई सय वर्ष टेक्दै छ । यस्तो बेला सार्वजनिक यस्ता सिर्जनाले दुई देशीय सम्बन्धलाई भावनात्मकमा रूप जोडिदिन थप बल पुर्‍याउँछन् ।’

Major Jase Buckley -Afghanistan war

Major Jase Buckley -Afghanistan war

 

Major Hem Kumar with family

Major Hem Kumar with family

http://www.ekantipur.com/np/2071/9/17/full-story/401283.html

Social Sharing
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>