नेपालमा बढ्दो सुरक्षा चुनौती

दोस्रो विश्वयुद्दपछि संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षामा मुलत: प्रमुख चार कुराहरु समाबेश गर्यो, जसमा इकोनोमिक पावर, कुटनीति, पावर प्रोजेक्शन र पोलिटिकल पावर पर्छन् । तर, दोस्रो विश्वयुद्द पहिला राष्ट्रिय सुरक्षा भन्नेबितिकै कुनै पनि देशको सैन्य क्षमता भन्ने गरिन्थ्यो । विकशित देशहरुले जतिसक्यो धेरै आफ्नो सैन्य क्षमतालाई विस्तार गर्दै अन्य राष्ट्रहरुमाथि युद्दको धावा गर्ने गर्दथे । हाल आयर विश्व सैन्य क्षमतामा मात्र निर्भर छैन, उसले आफ्नो गुप्तचरी संजाल र मुलत: इकोनोमिक पावर, कुटनीति, पावर प्रोजेक्शन, पोलिटिकल पावर एकै साथ चुस्त राख्दछ ।

हाम्रो देशको सम्बन्धमा मुलत यी चार- इकोनोमिक पावर, कुटनीति, पावर प्रोजेक्शन र पोलिटिकल पावर कुरा हरु दिन प्रतिदिन कमजोर हुँदै गएको छ । जसको मूल कारण अस्थिर राजनीति नै हो । इकोनोमिक पावर नेपालको कमजोर हुनालेनै नेपालले धेरै प्रकारका समस्याहरु झेल्दै छ । नेपालको अर्थतन्त्रमा रेमिटेन्सले ठुलो टेवा दिएको छ , जुनकुरा राष्ट्रबैंकले सार्वजनिक नै गर्ने गरेको छ , जसमा पनि खाडी मुलुकमा गएका नेपाली युवाहरुको योगदान प्रमुख छ । तर, देशको युवाशक्तिलाई राज्यले उपयोग गर्न सकेको छैन, जुनकुरा नेपालको लागि अत्यन्त्र नकारात्मक हो । साथै बिग्रदो राजनीतिले त झन् राष्ट्रिय सुरक्षामा यति धेरै चुनौती थपेको छ कि त्यसबारे राज्यको गुप्तचर र अन्य सुरक्ष्या निकायले बेलामा नै होश पुराउनु पर्ने देखिएको छ । आजको प्रगतिशील विश्वमा राष्ट्रिय सुरक्ष्या चुनौती भनेको जैविक हतियार, परमाणु, साइबर हमला, जलवायु परिवर्तन र अंतर्राष्ट्रीय अपराध मुख्य छन् ।

राष्ट्रिय सुरक्षा चुनौतीमा मुख्य दुई कुराहरु हुन्छन आन्तरिक सुरक्ष्या चुनौती र बाह्य सुरक्ष्या चुनौती । नेपालको आन्तरिक सुरक्षा चुनौतीको मुख्य कारणमध्ये एउटा मुख्य कारण माओबादीले गरेको गृह युद्द नै थियो । नेपालमा जनयुद्दको आबश्यक थियो, थिएन त्यो राजनैतिक रुपमा उठ्ने र विश्लेषण हुने कुरा होला, तर नेपालमा भएको गृहयुद्दले नेपाललाई आर्थिकरुपमा मात्र पछि पारेन, यसले जनधनको क्षति र देशको उर्जावान युवा शक्तिलाई क्रान्तिको नाममा हातमा बन्दुक समाएर एक आपसमा लड्ने दुर्भाग्यपूर्ण वाताबरण बनायो ।

देशभित्र बढ्दो भूमिगत संगठन , जातियता र भौगोलिक क्षेत्रीयताको बारेमा मतभेद, हतियार कारोबार, लागु औषधको ओसारपसार, बन्य जन्तु तस्करी र अबैध कालो धनको प्रयोग, बढ्दो दण्डहिनता , भ्रस्टचार र युवा बेरोजगारीले आन्तरिक सुरक्षामा ठुलो चुनौती दिएको छ । नेपालमा २०६२ / ६३ जन आन्दोलन पश्चात देशले गणतन्त्र मात्र पान साथै अस्थिरता र अराजकता , हुल- हुज्जत , राजनीतिको आवरणमा अपराध सुरु भयो र यसलाई दलहरुले प्रत्यक्ष्य रुपमा समरंक्षण गर्न थाले ।कुनै पनि कुराको न्याय र अन्याय, दोषी र निर्दोषीको ठहर न्याय लयले गर्ने हो तर यहाँ कयौ घटना राजनैतिक दल र तिनका संगठनले रोड बन्द गरेर, नेपाल बन्द गरेर भए पनी दोषी र निर्दोषी को फैसला आफु अनुकुल सडकबाट गर्न तयार हुन्छन र अभियुक्त छुटाउन प्रहरी कार्यालय अगाडी धर्ना दिन्छन , यहाँनिरबाट के प्रष्ट हुन्छ भने देशमा विधिको सासन होइन, राजनैतिक सासन सुरु भएको छ ।

अदालतले भ्रस्टाचार ठहर गरेको प्रमाणित भएर सजाय भोगेका व्यक्तिहरु जेल बाहिर आएपछि आफु निर्दोष हुँ भनेर दुइ चारजना लिगेर नारा जुलुस गर्छन र अर्को दिन तिनैकोको कुरा राजनीतिमा ठुलो हुन्छ । देशभित्र नियम कानुनको पालना गराउने प्रहरीमा व्यापक राजनैतिक हस्तक्षेप हुनु, सरुवा बढुवामा योग्य प्रहरी अधिकृतहरुको कदर नहुनु, राष्ट्रिय अनुसन्धान विभाग निस्क्रिय जस्तै हुनुले देशमा सुरक्षाको गम्भीर प्रश्न उठेको छ ।

नेपाल सरकारले नेपाल प्रहरीलाई आधुनिक परिवेशमा स्रोत साधन सम्पन्न बनाउनसमेत सकेको छैन । अन्य देशको प्रहरी र जासुसी संथा इन्टरनेटबाट आज अरुलाई नियन्त्रण राखेको छन् तर हाम्रो देशमा नेपाल सरकारकै विभिन्न मन्त्रालय र कार्यालय को वेबसाईट ह्याकरले ह्याक गर्दा पनि सरकारको अझै ध्यान पुगेको छैन । समाजको विकाशसंगै अपराधमा नया नया कुरा देखापर्नु नौलो कुरो होइन तर यसलाई नियत्रण गर्न राज्यले आफ्नो नियत्रण गर्ने निकायहरुलाई सम सामयिक चुस्त बनाउनु प्रमुख कर्तव्य हो ।

नेपाल प्रहरीमा दर्ता हुने कयौ मुद्दामध्ये हाल आएर धेरैजसो साईबर क्राईम छन् तर राज्यले प्रहरीलाई यसको लागि तालिम र व्यवस्थापन गरेको छैन , प्रहरीले जसोतसो आफ्नै तरिकाले साईबर क्राईम हेर्दै छ त्यहि पनि साईबर क्राईममा दख्खल राख्ने प्रहरी अधिकृतको संख्या उल्लेख गर्न मिल्ने स्थिति नै छैन, न त् राष्ट्रिय अनुसन्धान विभागमा नै छ । हतियार कारोबार र बढ्दो भूमिगत संगठन पनि दिन प्रतिदिन मौलाउदै गएको छ । काठमाडौँ उपत्यकामा मात्रै चारवटा भूमिगत संगठन सक्रिय र तराईमा करिब १०० भन्दा धेरै हतियारधारी समुह सकिय हुनु राज्यको लागि र आगामी चुनावको लागि ठुलो चुनौती हो ।

केहि महिना पहिले काठमाडौँको बालाजुबाट प्रहरीले पूर्वमाओबादी लडाकुलाई अत्याधुनिक जर्मनमा निर्मित हतियारसहित पक्रियो, उक्त अत्याधुनिक हतियार पहिले कसैको नाम र पछि नामसारी गरेको र हतियार राख्ने अनुमतिपत्रको दुरुपयोगको साथै अनुमति नभएको पेस्तोलसमेत प्रहरीले बरामद गरेको थियो । स्वेछिक अवकाश रोजेर घर गएका पूर्वलडाकुहरु कहाँ कस्तो जीबनयापन गर्दै छन् र तिनीहरुबाट भोलिको दिनमा हुने सुरक्षा चुनौती को बारेमा राज्यले ध्यान दिन नसक्दा यस्ता गतिविधि बढ्दै गयको छ । देशभर कसले कति हतियार अनुमतिपत्र लिएर राखेको र केको आधारमा उसलाई कस्तो सुरक्षा खतराको विश्लेषण गरेर हतियार राख्ने अनुमति दियो ? त्यसको दुरुपयोग कसरि हुँदै छ भन्ने कुराको राज्यको सुरक्षा निकायहरुसंग एकिन रुपमा तथ्यांकसमेत नभएको देखिन्छ ।

राजधानीभित्र गुन्डाको ग्यांग वार हुनु र तिनको संजाल प्रहरीले तोड्न नसक्नु राज्यमा कानुनको खिल्ली उडाउनु हो । अझै राजनैतिकरुपमा प्रशिक्षित भएका पूर्वलडाकुहरुमा स्वैच्छिक अवकाशपछि चरम राजनैतिक वितृष्णा पैदा हुदै गएको छ भन्ने कुराको प्रमाण माओबादी अध्यक्ष्य प्रचण्डमाथि पूर्वलडाकुले गरेको आक्रमण नै काफी छ, यस्ता घटनाको बारेमा विश्लेषण गरेर सुरक्षा व्यवस्था मिलाउन नसक्नु अनुसन्धान गर्ने निकायको ठुलो कमोजोरी हो ।
काठमाडौको बानेश्वरमा भएको बमकाण्डका मुख्य दोषी र त्यसको सहयोगीलाई पनि प्रहरीले लामो समयपछि मात्र पक्रन सफल भयो, तर घटना हुनुभन्दा पहिले यस्ता घटना हेर्ने राष्ट्रिय अनुसन्धान विभाग, प्रहरीको प्रतिआतंकबाद हेर्ने सेल, भ्याली हेर्ने प्रहरीको इन्टेलिजेन्स, कसैले पनि घटना हुनेबारे सुईको समेत नपाएको प्रष्ट बुझियो ।

राजधानीभित्र नै न्यायाधिश, ब्यापारी र राजनैतिक व्यक्तिहरुको हत्या हुँदासमेत ठोसरुपमा अनुसन्धान नहुदै अनुसन्धानको फाईल बन्द हुनु, जेलभित्रबाट नै अपराधिक गतिबिधि हुनु, र कतिपय घटनामा अनुसन्धान गर्न सूचना पहिल्याउनै नसक्नु , अनुसन्धानको लागि तत्कालै वैज्ञानिकतवरले प्रहरीहरुलाई स्रोत साधन जुटाउन नसक्नुले आम नागरिकको हेर्ने नजरमा प्रहरीलाई कमजोर बनाएको छ र सरकाले आधुनिक परिवेश अनुसार प्रहरीलाई परिवर्तन गर्न नसकेको देखिन्छ ।

भौगोलिक सामरिक हिसाबले नेपाल को भुमि सुरक्षाको लागि अत्यन्त संबेदनशील छ तर नेपालले त्यहि अनुसार आफ्नो सुरक्षामा जतिसक्दो आधुनिकता र सक्रियता बढाउनु पर्ने छ । खासगरी मित्र राष्ट्र हरु चिन र भारतको चासो पनि नेपालको भुमि आ- आफ्नो भुमि विरुद्द प्रयोग नहोस भन्ने कुराहरु खुलमखुला रुपमा बाहिर आउने गरेको छ , एक आपसमा हुने सुरक्षा बैठक र कुटनैतिक भ्रमणमा समेत नेपाललाई प्रमुख प्राथमिकता राखेको प्रष्ट रुपमा पाईन्छ ।

विशेषत: अस्थिर राजनीति र राजनैतिक दलको अपरिपक्व व्यबहार, बेला बेलामा नेपाल भित्र घट्ने विभिन्न घटनाले चिन र भारतको सुरक्षा चिन्तालाई झनै थपेको छ । कुटनैतिक व्यक्तिका हरुका विश्लेषण अनुसार खासगरी राजसस्थाको अन्त्य भयपछि चिन र भारतले नेपालभित्र विश्वाशिलो मित्र खोजिरहेको छ, जसले नेपालको राजनैतिक जटिलतालाई अन्त्य गरेर उसको बढ्दो सुरक्षा चिन्तालाई निराकरण गरोस ।

नेपाल मामलामा चिनले नेपालसंग सिमाना जोडिएको तिब्बतको सुरक्षाको चासो प्रमुख छ । नेपालले पहिलेदेखि नै लिदै आएको एक चिन नीतिलाई उसले प्रसंसा गरे पनि बेलाबेलामा काठमाडौँ मा हुने तिब्बेति शरणार्थी को प्रदशन र फ्री तिब्बेत को आत्मादाहले उसलाई अझ गम्भीर बनाउदै लगेको छ । उसले नेपालको सुरक्षा निकायहरुसंग गरेको मैत्री सहयोग, एक आपसमा भएको भ्रमण र नेपालको विकासको लागि गर्दै आएको सहयोगले उसले एउटा असल छिमेकी राष्ट्रबाट पुराउनु पर्ने सहयोगमा कुनै कमि गरेको देखिदैन ।

भारतले नेपालको दिगो विकाश मा गर्दै आएको सहयोग, नेपाली सेना र भारतीय सेना बीच मानार्थ सेनापति लिने दिने कुरा, धार्मिक र सास्कृतिक रितिरिवाज नेपाल भारत मैत्री सम्बन्धको अनुपम उदाहरण हो । हालसालै मात्र नेपालको केहि उच्च राजनैतिक दलका नेताहरुले भारत भ्रमण गरेर दिल्लीको संदेश नेपालको मिडियामा आएर सुनाउन ब्यस्त छन र आफुलाई भारतले विश्वासिलो ठानेको छ भन्दै आ-आफ्नै तर्क गर्न भ्रमणमा गएकाहरु पछि परेका छैनन् , एक आपसमा हुने यस्ता भ्रमण दुइ देशको बीच हुनु अत्यन्त राम्रो हो, तर भारतले नेपालका नेताहरुको राजनैतिक दुरदर्शिता र कुटनैतिक क्षमता नापेको कुरा चाही खासै ध्यान दियको देखिएन ।

देश भित्र राजनीति फरक-फरक धारमा भएपनी विशेष त् नेपाल ले लिने विदेश नीति, नेपाल को राष्ट्रिय चासोका मुद्दा हरुमा र राष्ट्रिय सुरक्षा सवाल मा भारत संग भयको भेटघाट को समयमा यस्ता कुरा हरु एकमत का साथ नेपालको शिर्ष नेताहरुले भारत भ्रमण जानु भन्दा पहिले नै नेपालभित्र एक आपसमा छलफल गरेर भारतसंग राख्न सकेको भए हामी आम नागरिकले नेताहरुप्रति गर्व गर्नुपर्ने थियो, तर दुर्भाग्य कसैले पुल मागेको, कसैले बाटो मागेको मात्र कुरा गरे ।

भारतले बाँधेको बाँधले नेपाली भुमिमा परेको समस्या र बेलाबेलामा हुने नेपाली भुमि अतिक्रमणले लाखौं नेपालीको मन दुखेको छ र त्यसको कुनैतिक कुराकानी हाम्रा राजनैतिक शिर्ष नेताहरुबाट होला भन्ने पनि ठुलो अपेक्षा थियो तर दुर्भाग्य, यस्ता कुनै कुरा प्राथमिकताको विषय बनेको समाचार बाहिर आएन । विशेष त् भारतको चासो नेपाली भुमि प्रयोग गरेर तस्करहरुले भारतमा पुर्याउने भारतीय जाली नोटको समस्या प्रमुख छ । त्यसै कारणले गर्दा पनि उसले नियमित हुने सुरक्षा बैठकहरुमा नेपाली टोलिसमक्ष यस्ता कुरा राख्दछ , जुन कुरा नियत्रण गर्न नेपालका प्रहरीहरुले त्यस्ता जाली नोटका तस्करहरुलाई रंगेहात समातेर कारबाही गरेको कुरा समाचार आउने गरेको छ । जुन कुरा अत्यन्त राम्रो पक्ष हो, किनकी भारत हाम्रो छिमेकी हो, उसको विरुद्द हाम्रो भुमि प्रयोग हुनु हुदैन तर उसले पनि नेपाली जनभावना को कदर गर्नु पर्दछ ।
चल्दै आएको हाम्रो धर्म संस्कृतिले हामीलाई भारतसंग र चिनसंग धेरै नजिक राखेको छ । यस्ता कुराहरुले हाम्रो मित्रताको गाठो झन् कसिले बनाउने छ । नेपालको राजनैतिक समस्या जतिसक्दो छिटो समाधान हुनु भनेको नेपाल -चिन र भारत दुवै छिमेकीलाई सुरक्षाको वातावरण विश्वस्त हुनु हो । साथै नेपालले नेपाल भित्रनै नेसनल डिफेन्स युनिभर्सिटी स्थापना गरेर विशेष उच्च सैनिक अधिकृत र प्रहरी अधिकृतलाई तालिमको व्यवस्था गर्नुपर्ने, नेसनल डिफेन्स युनिभर्सिटीमा राष्ट्रिय सुरक्षा रणनीतिका योजनाहरु तयार पार्दै बिस्तृत विश्लेषण र अनुसन्धान गर्नु अहिलेको परिवेशमा नितान्त आबश्यक देखिन्छ ।

onlinekhabar.com / 10 Aug 2013

Social Sharing
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>