सप्तरंगी टिका संगै मखमली फुल्दा
डांडापाखा चौतारीमा लिंगे पिंग झुल्दा
भाई टिकामा नरोए चेली, माईति छैन भनि
अर्को सालमा आउछु चेली बसेदिन गनि…
अर्को सालमा आउछु चेली बसेदिन गनि….
जन्मघर छोडि जाने चेली तिम्रो जात
सप्तरंगी टिका लाउन चाहिने कस्तो तिम्रो हात
तस्बीर हेरी नरोए चेली कर्म घरमा तिम्ले
हासी खुसी बसिदिनु तिहारमा जहिले
परगतिको बाटो चुम्छु चेली दुस्मन भन्दा पहिले
दुस्मन भन्दा पहिले ……….
अंग – अंग पुजिदिनु अर्को सालमा आउदा
सारा दुःख भुल्नेछौ लगै दिदा टिका
बाधा सबै फुटाई दिन्छौ ओखरमा तिम्ले
शिरमाथि तिम्रो आशिष शिखरलाई चुम्ने
मखमली माला संगै उनिराख्नु खुसी सबै तिम्ले
अर्को सालमा आउछु चेली घामभन्दा पहिले
(करिब १ दर्जन जति साहित्यिक पत्रपत्रिका मा २०१० मा छापियर धेरै भन्दा धेरै मन पराईयको )
Social Sharing